२०८३ कात्तिक १० गते सोमबार

दक्षिण कोरियामा डुंगा दुर्घटनामा १ जनाको मृत्यु, ३ जना बेपत्ता

दक्षिण कोरियामा डुंगा दुर्घटनामा १ जनाको मृत्यु, ३ जना बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २० गते आइतबार ०९:४३

सात जना सवार ३२ टनको माछा मार्ने डुंगा र आठ जना सवार २९ टनको जहाज टापुको पानीमा ठोक्किएका हुन् । दुर्घटनमा अन्य तीन जना बेपत्ता भएका छन् । १२ जनालाई भने उद्धार गरिएको छ ।

एजेन्सी ।

दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुको डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भएको छ ।

दक्षिणी रिसोर्ट टापु जेजुको पानीमा १५ जना चालक दलका सदस्य बोकेका दुई दुई माछा मार्ने डुंगा ठोक्किँदा शनिबार एक जनाको मृत्यु भएको हो ।

सात जना सवार ३२ टनको माछा मार्ने डुंगा र आठ जना सवार २९ टनको जहाज टापुको पानीमा ठोक्किएका हुन् । दुर्घटनमा अन्य तीन जना बेपत्ता भएका छन् । १२ जनालाई भने उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये ३२ टनको जहाजका ५० वर्षीय कप्तानलाई कार्डियोपल्मोनरी रिसुसिटेशन जस्ता प्राथमिक उपचार प्राप्त गर्ने क्रममा हृदयघातका कारण अस्पताल लगिएको थियो ।

पछि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

दुवै जहाजका कप्तानहरू दक्षिण कोरियाली थिए भने अन्य चालक दलका सदस्यहरू भियतनामी र इन्डोनेसियाली रहेको जनाइएको छ ।

प्रकाशित मिति २०८१ माघ २० गते आइतबार ०९:४३
हजुरको प्रतिक्रिया