२०८३ साउन २१ गते बिहीबार

गाजा छोड्दै बिरामी र घाइते प्यालेस्टिनीहरू

गाजा छोड्दै बिरामी र घाइते प्यालेस्टिनीहरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २१ गते सोमबार ०२:२४

डब्ल्युएचओले गाजाबाट तत्काल चिकित्सा निकासी पुनः शुरु गर्न आह्वान गरेको छ ।

काठमाडौं ।

प्यालेस्टिनी स्रोतहरूकाअनुसार बिरामी र घाइते प्यालेस्टिनीहरूको एउटा समूह गाजा पट्टीबाट रफाह क्रसिङतर्फ हुँदै विदेशमा उपचारका लागि हिँडेका छन् ।

जुन आठ महिनामा पहिलो घटना हो । उनीहरू गाजा शहरको अल–शिफा अस्पताल र दक्षिणी गाजाको खान युनिसको नासेर मेडिकल कम्प्लेक्समा बसहरूद्वारा सीमा क्रसमा लगिनुअघि आइपुगेका थिए । गाजाका अस्पतालका महानिर्देशक मोहम्मद जाकौतले बताएअनुसार गाजा छोड्ने तालिकामा रहेका ५० जनाको सूची शुक्रवार सम्बन्धित अधिकारीहरूलाई बुझाइएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधिहरू बिरामीहरूलाई स्वागत गर्न अस्पतालमा पुगेका थिए । इजरायल र हमास बीचको १५ महिनाको क्रुर युद्धका कारण गाजाका अस्पताल र स्वास्थ्य केन्द्रहरूले ठूलो कठिनाइको सामना गरिरहेका छन् ।

जसमा चिकित्सा आपूर्तिको अभाव र तिनीहरूका सुविधाहरूको विनाश समावेश छ । डब्ल्युएचओले गाजाबाट तत्काल चिकित्सा निकासी पुनः शुरु गर्न आह्वान गरेको छ । हाल १५ हजार मानिसहरूलाई पट्टी बाहिर उपचारको आवश्यकता छ ।

प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार ०२:२४

हजुरको प्रतिक्रिया