२०८३ साउन २१ गते बिहीबार

मङ्गोलियाको लगभग ८० प्रतिशत भूभाग हिउँले ढाकियो

मङ्गोलियाको लगभग ८० प्रतिशत भूभाग हिउँले ढाकियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २२ गते मंगलबार ०१:३१

जसले देशका गोठालाहरू र ग्रामीण अर्थतन्त्रलाई ठूलो धक्का दिएको थियो ।

काठमाडौं ।

मङ्गोलियाको लगभग ८० प्रतिशत भूभाग अहिले हिउँले ढाकिएको छ ।

राष्ट्रिय मौसम विज्ञान तथा वातावरणीय अनुगमन एजेन्सीले देशको कुल भूभागको लगभग ८० प्रतिशत भाग ६० सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकिएको बताएको छ ।

गत जाडोमा देशले दशकहरूमा सबैभन्दा अत्यधिक चिसो मौसमको अनुभव ग¥यो । जुन १९७५ पछिको सबैभन्दा उच्च रेकर्ड हिमपात थियो । लगभग ९० प्रतिशत क्षेत्र १०० सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको थियो ।

गत जाडोमा भएको गम्भीर डजुडले लाखौं पशुधनको क्षति पु¥यायो । जसले देशका गोठालाहरू र ग्रामीण अर्थतन्त्रलाई ठूलो धक्का दिएको थियो ।

मङ्गोलियन शब्द ड्जुडले एक विनाशकारी जाडोलाई वर्णन गर्दछ । जसमा जमेको वा हिउँले ढाकिएको चरण भूमिको कारणले पशुधन मर्छन् । जसले घुमन्ते गोठालाहरूको जीविकोपार्जनलाई खतरामा पार्छ ।

प्रकाशित मिति २०८१ माघ २२ गते मंगलबार ०१:३१

हजुरको प्रतिक्रिया