२०८३ कात्तिक ११ गते मंगलबार

डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु, कैयौं बेपत्ता

डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु, कैयौं बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २० गते सोमबार ०९:५०

बंगलादेशको पद्मा नदीमा सोेमबार बिहान भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएका छन् । खचाखच यात्रुले भरिएको डुङ्गा बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर दुर्घटना हुदा उक्त मानिसको मृत्यु भएको स्थानीय...

बंगलादेशको पद्मा नदीमा सोेमबार बिहान भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएका छन् ।

खचाखच यात्रुले भरिएको डुङ्गा बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर दुर्घटना हुदा उक्त मानिसको मृत्यु भएको स्थानीय सञ्चार माध्यमकाले जनाएको छ ।

प्रहरी अधिकारीका अनुसार उक्त दुर्घटनामा २६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । अरु बेपत्ताको खोजी कार्य तीव्र बनाइएको बताइएको छ । बंगलादेशमा हरेक वर्ष सयौं व्यक्तिको डुङ्गा दुर्घटनामा मृत्यु हुने गरेको छ ।

गत अप्रिलमा पनि कार्गो जहाज र मानिस ओसार्ने डुङ्गा एकआपसमा ठोक्किदा २७ जनाको मृत्यु भएको थियो । बंगलादेशमा तटीय जलक्षेत्र एवं नदीहरुमा डुङ्गा मार्फत् यात्रा निकै लोकप्रिय यातायातको साधन मानिन्छ ।

प्रकाशित मिति २०७८ वैशाख २० गते सोमबार ०९:५०
हजुरको प्रतिक्रिया