२०८३ साउन २१ गते बिहीबार

लेबनानद्वारा नयाँ सरकार गठनको घोषणा

लेबनानद्वारा नयाँ सरकार गठनको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २७ गते आइतबार ०१:४१

सरकारले ताइफ सम्झौताको कार्यान्वयन पूरा गर्न र वित्तीय र आर्थिक सुधारहरू अगाडि बढाउन संसद परिषद्सँग काम गर्नुपर्नेछ ।

काठमाडौं ।

लेबनानी राष्ट्रपति कार्यालयले शनिवार प्रधानमन्त्री नवाफ सलामको नेतृत्वमा २४ सदस्यीय नयाँ सरकार गठनको घोषणा गरेको छ ।

स्थानीय टिभी च्यानल अल–जदीदकाअनुसार सलामले राष्ट्रपति भवनमा नयाँ सरकार सुधार–सञ्चालित हुनेछ ।

जुन लेबनानलाई बचाउने एक मात्र बाटो हो । यो सरकारले नागरिकहरू र राज्यबीच, लेबनान र यसको अरब वरपर र लेबनान र अन्तर्राष्ट्रिय समुदाय बीचको विश्वास पुनस्र्थापित गर्न खोज्ने बताए ।

सरकारले ताइफ सम्झौताको कार्यान्वयन पूरा गर्न र वित्तीय र आर्थिक सुधारहरू अगाडि बढाउन संसद परिषद्सँग काम गर्नुपर्नेछ ।

मन्त्रिपरिषद् झगडाको लागि नभइ रचनात्मक संयुक्त कामको लागि ठाउँ हुने बताए ।

जनवरीको शुरुमा लेबनानका पूर्वसेना प्रमुख आउन देशको १४ औं राष्ट्रपति निर्वाचित भए । जसले देशको राजनीतिक प्रणालीलाई पक्षाघात पार्ने दुई वर्षको राष्ट्रपतिय शुन्यताको अन्त्य ग¥यो ।

प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार ०१:४१

हजुरको प्रतिक्रिया