२०८३ कात्तिक ११ गते मंगलबार

नामिबियाका संस्थापक राष्ट्रपति साम नुजोमाको ९५ वर्षको उमेरमा निधन

नामिबियाका संस्थापक राष्ट्रपति साम नुजोमाको ९५ वर्षको उमेरमा निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २८ गते सोमबार ०२:२१

म्बुम्बाले संस्थापक राष्ट्रपतिलाई विगत तीन हप्तादेखि स्वास्थ्य समस्याका कारण उपचार र अवलोकनको लागि राजधानी विन्डहोकमा अस्पतालमा भर्ना गरिएको थियो ।

काठमाडौं ।

नामिबियाका संस्थापक राष्ट्रपति साम नुजोमाको ९५ वर्षको उमेरमा निधन भएको देशका राष्ट्रपति नाङ्गोलो म्बुम्बाले आईतवार घोषणा गरेको छ ।

म्बुम्बाले संस्थापक राष्ट्रपतिलाई विगत तीन हप्तादेखि स्वास्थ्य समस्याका कारण उपचार र अवलोकनको लागि राजधानी विन्डहोकमा अस्पतालमा भर्ना गरिएको थियो ।

मे १२, १९२९ मा उत्तरपश्चिमी नामिबियाको ओमुसाती क्षेत्रको एटुन्डा गाउँमा जन्मिएका नुजोमाले १९९० देखि २००५ सम्म देशको पहिलो राष्ट्रपतिको रूपमा सेवा गरेका थिए ।

सामाजिक सञ्जालमा नुजोमाको परिवारप्रति समवेदना व्यक्त गर्दै म्बुम्बाले संस्थापक राष्ट्रपतिको सम्मानमा आफ्नो सरकारले राष्ट्रिय शोक र अन्त्यष्टिको व्यवस्थाको घोषणा गर्ने बताए ।

प्रकाशित मिति २०८१ माघ २८ गते सोमबार ०२:२१

हजुरको प्रतिक्रिया