२०८३ कात्तिक ११ गते मंगलबार

भारतमा कोरोना संक्रमितको संख्या कम हुदै

भारतमा कोरोना संक्रमितको संख्या कम हुदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २२ गते बुधबार ०८:१५

कोरोना महामारीको दोस्रो लहरबाट थिलथिलो बनेको भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजारमा संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको छ । गत मे १ मा चार लाख संक्रमित देखिए पनि पछिल्ला दुई दिनमा यो...

कोरोना महामारीको दोस्रो लहरबाट थिलथिलो बनेको भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजारमा संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको छ । गत मे १ मा चार लाख संक्रमित देखिए पनि पछिल्ला दुई दिनमा यो संख्यामा केही कमी आएको छ ।

यस्तै थप तीन हजार ७८० जनाको कोरोनाका कारण मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना कारण दुई लाख २६ हजार १८८ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या ३४ लाख ८७ हजार छ । पछिल्लो २४ घण्टामा तीन लाख ३८ हजार संक्रमणमुक्त भएका छन् ।

योसहित भारतमा हालसम्म एक करोड ७० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमै सर्वाधिक असर देखिएको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा झण्डै २० हजार नयाँ कोभिड संक्रमित देखिएका छन् भने ३३८ जनाको मृत्यु भएको छ ।

नयाँ दिल्लीमा हालसम्म कोभिड–१९ बाट सात हजार ७५२ जनाको मृत्यु भैसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा १५ लाख ४१ हजार नमूना परीक्षण गरिएको थियो । संक्रमितको दैनिक मृत्यु बढेसँगै खोप अभियानलाई पनि तिब्र दिइएको छ । हालसम्म १६ करोड पाँच लाख व्यक्तिलाई खोप दिइसकिएको छ ।

प्रकाशित मिति २०७८ वैशाख २२ गते बुधबार ०८:१५
हजुरको प्रतिक्रिया