२०८३ कात्तिक ११ गते मंगलबार

शरणार्थी शिविरबाट पहिलो पटक ५८ परिवार स्वेच्छिक रुपमा सिरिया फर्किए

शरणार्थी शिविरबाट पहिलो पटक ५८ परिवार स्वेच्छिक रुपमा सिरिया फर्किए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ३० गते बुधबार ०३:०४

मिडिया रिपोर्टहरूका अनुसार हसाका शहरबाट लगभग २५ किलोमिटर दक्षिणमा रहेको अल–अरिशा शरणार्थी शिविर यस क्षेत्रको सबैभन्दा ठूलो शिविरहरूमध्ये एक हो ।

काठमाडौं ।

उत्तरपूर्वी सिरियाको अल–अरिशा शरणार्थी शिविरमा मंगलवार विस्थापित सिरियालीहरूको पहिलो ठूलो मात्रामा स्वेच्छिक स्वदेश फिर्ता भएका छन् ।

जसमा ५८ परिवारका ३०५ जना सहभागी थिए । शिविरका प्रशासक सलवा अहमद हाजोले आगामी हप्ताहरूमा विस्थापित सिरियालीहरूको थप योजनावद्ध फिर्ता हुने बताए ।

हाजोले स्वेच्छिक फिर्ताको श्रेय सिरियाको राजनीतिक परिवर्तन, शिविरमा बिग्रँदै गएको जीवनयापन अवस्था र “सहायता संस्थाहरूको घट्दो क्षमतालाई दिए ।

मिडिया रिपोर्टहरूका अनुसार हसाका शहरबाट लगभग २५ किलोमिटर दक्षिणमा रहेको अल–अरिशा शरणार्थी शिविर यस क्षेत्रको सबैभन्दा ठूलो शिविरहरूमध्ये एक हो ।

जहाँ लगभग २ हजार ७ सय परिवारमा लगभग १४ हजार मानिसहरू बस्छन् ।

प्रकाशित मिति २०८१ माघ ३० गते बुधबार ०३:०४

हजुरको प्रतिक्रिया