२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशसभाको बैठकको मिती फेरी सर्यो

गण्डकी प्रदेशसभाको बैठकको मिती फेरी सर्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २३ गते बिहीबार ०६:३७

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको स्थिगत वैठक वैशाख २७ गते वस्ने भएको छ । कार्य ब्यवस्था परामर्श समितिको विहिवार वसेको वैठकले २७ गते दिउसो ११ बजे वैठक वस्ने निर्णय गरेको हो । त्यही दिन अविश्वास प्रस्ताव मतदानमा लैजाने समेत निर्णय...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको स्थिगत वैठक वैशाख २७ गते वस्ने भएको छ । कार्य ब्यवस्था परामर्श समितिको विहिवार वसेको वैठकले २७ गते दिउसो ११ बजे वैठक वस्ने निर्णय गरेको हो । त्यही दिन अविश्वास प्रस्ताव मतदानमा लैजाने समेत निर्णय भएको छ।

सभामा विचाराधीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासa प्रस्तावमाथि त्यही दिन मतदान हुने बैठकमा सहभागी नेकपा एमाले सांसद कृष्ण थापाले जानकारी दिए ।’ वैशाख २७ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसदबाट विश्वासको मत लिने तय भएको छ ।

वैशाख १५ गतेदेखि रोकिएको प्रदेश सभा बैठक शुरू हुन सकेको थिएन । सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ । १५ गते उक्त अविश्वास प्रस्तावउपर मतदान गर्ने कार्यसूची थियो । तर, मतदानकै दिन जनमोर्चा सांसद खिमविक्रम शाही ‘बेपत्ता’ भएपछि दलकी प्रमुख सचेतक पियारी थापाले ‘खोजी गरिपाऊँ’ भन्दै निवेदन दिएकी थिइन् । थापाको निवेदनपछि सदन अनिश्चितकालका लागि स्थिगत भएको थियो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावलाई जनमोर्चाले पनि साथ दिने वचन दिएको छ ।

सभामा नेकपा एमालेका २७, कांग्रेसका १५, माओबवादी केन्द्रको सभामुखसहित १२, जसपा २, जनमोर्चा ३ र एक जना स्वतन्त्र सिट छ । स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ खेलकुद तथा युवामन्त्री नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ वैशाख २३ गते बिहीबार ०६:३७
हजुरको प्रतिक्रिया