२०८३ कात्तिक ११ गते मंगलबार

इजिप्टले स्थानान्तरण बिना गाजा पुनर्निर्माण योजना सार्वजनिक गर्ने

इजिप्टले स्थानान्तरण बिना गाजा पुनर्निर्माण योजना सार्वजनिक गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार ०२:२६

जुन क्षेत्रका सबै मानिसहरू बीच स्थिरता र शान्तिपूर्ण सहअस्तित्व प्राप्त गर्ने एकमात्र मार्ग हो ।

काठमाडौं ।

इजिप्टले प्यालेस्टिनीहरूलाई आफ्नो भूमिमा रहन सुनिश्चित गर्न डिजाइन गरिएको गाजा पुनर्निर्माण योजना प्रश्तुत गर्ने योजना बनाएको छ ।

इजिप्टको विदेश मन्त्रालयले योजना प्यालेस्टिनी जनताको वैध र कानूनी अधिकारको सम्मान र समर्थन गर्ने तरिकाले तयार गरिने बताएको छ ।

मन्त्रालयकाअनुसार कुनैपनि प्रश्तावित समाधानले क्षेत्र भित्रको शान्ति प्रक्रियालाई विचार गर्नुपर्ने र चलिरहेको द्वन्द्वको मूल कारणहरू समाधान गर्न खोज्नुपर्ने बताएको छ ।

यसका लागि प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली कब्जाको अन्त्य र दुई–राज्य समाधानको कार्यान्वयन आवश्यक रहेको बताएको छ ।

जुन क्षेत्रका सबै मानिसहरू बीच स्थिरता र शान्तिपूर्ण सहअस्तित्व प्राप्त गर्ने एकमात्र मार्ग हो ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०२:२६

हजुरको प्रतिक्रिया