२०८३ साउन २१ गते बिहीबार

संघीय संसदका १९ सांसदलाई देखियो कोरोना

संघीय संसदका १९ सांसदलाई देखियो कोरोना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २५ गते शनिबार ०४:३६

संघीय संसदका १९ जना सांसदसहित १ सय ६० जनालाई कोरोना संक्रमण देखिएको छ । बैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकलाई मध्येनजर गर्दै यहि २२ देखि २४ गतेसम्म स्वाब संकलन गरी गरिएको परीक्षणमा ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो । १९ जना...

संघीय संसदका १९ जना सांसदसहित १ सय ६० जनालाई कोरोना संक्रमण देखिएको छ । बैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकलाई मध्येनजर गर्दै यहि २२ देखि २४ गतेसम्म स्वाब संकलन गरी गरिएको परीक्षणमा ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो ।

१९ जना सांसदमध्ये एक जना राष्ट्रियसभा सदस्य रहेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
२ सय ५ जना सांसद र सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी गरी १ हजार २ सय ३४ जनाको कोरोना परीक्षण गरिएको थियो ।

प्रकाशित मिति २०७८ वैशाख २५ गते शनिबार ०४:३६
हजुरको प्रतिक्रिया