२०८३ साउन २१ गते बिहीबार

दक्षिण कोरियामा आगलागी हुँदा ६ जनाको मृत्यु, ७ जना घाइते

दक्षिण कोरियामा आगलागी हुँदा ६ जनाको मृत्यु, ७ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ३ गते शनिबार ०४:१६

ग्नि नियन्त्रण अधिकारीहरूले १२७ दमकल इन्जिन र ३५२ दमकलकर्मीहरूलाई घटनास्थलमा पठाएका थिए ।

काठमाडौं ।

दक्षिण कोरियाको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा शुक्रवार एक निर्माण स्थलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

साथै सात जना घाइते भएको धेरै सञ्चार माध्यमहरूले जनाएका छन् । राजधानी सियोलबाट लगभग ३२५ किलोमिटर दक्षिणपूर्वमा रहेको बुसानमा रहेको एक होटल निर्माण स्थलमा आगलागी भएको थियो ।

निर्माण स्थलमा रहेका करिव १०० कामदारहरूलाई बाहिर निकालिएको थियो भने छतमा भागेका १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

पहिलो तल्लामा रहेको स्विमिङ पुल नजिकै इन्सुलेशन सामग्री लोड गरिएको कारणले आगलागी शुरु भएको बताइएको छ ।

अग्नि नियन्त्रण अधिकारीहरूले १२७ दमकल इन्जिन र ३५२ दमकलकर्मीहरूलाई घटनास्थलमा पठाएका थिए ।

प्रकाशित मिति २०८१ फागुन ३ गते शनिबार ०४:१६

हजुरको प्रतिक्रिया