२०८३ असोज २६ गते सोमबार

आगलागी र डढेलोबाट हुने जोखिमको विषयमा सरकार संवेदनशील छः प्रधानमन्त्री

आगलागी र डढेलोबाट हुने जोखिमको विषयमा सरकार संवेदनशील छः प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ४ गते आइतबार ०३:१९

प्रधानमन्त्री ओलीले नियोजितरुपमा वन डढेलो लगाउने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गर्ने जिकिर गरे ।

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैकठमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले हिउँदे वर्षामा आएको कमी र बढ्दो तापक्रमका कारण विगत भन्दा चाँडै डढेलो तथा आगलागीका घटनामा भइहेको वृद्धिलाई मध्यनजर गरी सकेसम्म यस्ता घटना हुन नदिने कुरामा सरकार गम्भीर रहेको बताए ।

उनले भइहाले सो को नियन्त्रण र न्यूनीकरणका लागि सबै जिल्लामा डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई कार्य गर्न निर्देशन दिइरहेको जिकिर गरे ।

उनले भने, ‘आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील रहेको छ । हिउँदे वर्षामा आएको कमी र बढ्दो तापक्रमका कारण विगत भन्दा चाँडै डढेलो तथा आगलागीका घटनामा भइरहेको वृद्धिलाई मध्यनजर गरी सकेसम्म यस्ता घटना हुन नदिने र भैहालेमा सो को नियन्त्रण र न्यूनीकरणका लागि सबै जिल्लामा डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना बनाई कार्य गर्न निर्देशन दिइएको छ। नियोजितरुपमा वन डढेलो लगाउने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही समेत गरिनेछ ।’

प्रधानमन्त्री ओलीले नियोजितरुपमा वन डढेलो लगाउने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गर्ने जिकिर गरे ।

प्रकाशित मिति २०८१ फागुन ४ गते आइतबार ०३:१९
हजुरको प्रतिक्रिया