२०८३ असोज २३ गते शुक्रबार

जनमोर्चाद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

जनमोर्चाद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २७ गते सोमबार ०४:३६

राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । वैशाख १ मा राजमाे केन्द्र र वैशाख १२ मा गण्डकी संसदीय दलकाे बैठकले पृथ्वीसुब्बा गुरुङलाई दिएकाे विश्वासकाे मत फिर्ता गरेकाे थियो । राजमाे सचेतक...

राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । वैशाख १ मा राजमाे केन्द्र र वैशाख १२ मा गण्डकी संसदीय दलकाे बैठकले पृथ्वीसुब्बा गुरुङलाई दिएकाे विश्वासकाे मत फिर्ता गरेकाे थियो ।

राजमाे सचेतक पियारी थापाले आइतबार विश्वासकाे मत फिर्ता लिएकाे र गुरुङ सरकारविरुद्ध अविश्वासकाे प्रस्तावमा समर्थन गरेकाे बेहाेरा प्रदेशसभा सचिवालयलाई पत्र पठाएकी थिइन् । साेमबार प्रदेशसभा सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएको छ ।

गण्डकीमा राजमोका ३ सांसद छन् । बिहान ११ बजे बसेको राजमोको संसदीय दलको बैठकले समर्थन फिर्ता लिएको सचिवालयले जनाएको छ । राजमोका महासचिव मनोज भट्ट, प्रदेश अध्यक्ष शंकर बराल लगायतको सहभागितामा बसेको बैठकले नयाँ सरकार गठनको लागि विपक्षी दल कांग्रेस, माओवादी र जसपालाई सघाउने निर्णय गरेको छ । राजमोले ३ बजेभित्र हस्ताक्षर बुझाउने बताएको छ ।

मुख्यमन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले आइतबार नै राजीनामा दिएका छन् । उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथी आज मतदान हुने कार्यक्रम थियो । चार दलको गठबन्धन भएमा गण्डकीमा बहुमत पुग्छ ।

प्रकाशित मिति २०७८ वैशाख २७ गते सोमबार ०४:३६
हजुरको प्रतिक्रिया