२०८३ कात्तिक ११ गते मंगलबार

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ४ गते आइतबार ०९:२७

पाेखरा । पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो बागलुङको जैमिनीबाट कुश्मातर्फ आउने क्रममा ध१च २८२ नंको जीप पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा दुर्घटना भएको हो । दुर्घटनामा...

पाेखरा ।

पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् ।

शनिबार दिउँसो बागलुङको जैमिनीबाट कुश्मातर्फ आउने क्रममा ध१च २८२ नंको जीप पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा दुर्घटना भएको हो ।

दुर्घटनामा बिहादी गाउँपालिका वडा नं १ कमेरेका ५० वर्षीय बलबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।

सोही दुर्घटनामा घाइते भएका चालक कुश्मा नगरपालिका वडा नं १ मालढुङ्गाका ४५ वर्षीय चन्द्र माझीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उकालो सडकमा जीपमा ‘ब्रेक’ नलागेर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले शव र घाइतेको उद्दार गरी अस्पताल ल्याएको थियो । दुर्घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ फागुन ४ गते आइतबार ०९:२७
हजुरको प्रतिक्रिया