काठमाडौं ।
टर्किएबाट २५ जनाको प्राविधिक टोलीले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतसम्भार गर्न सिरियामा काम गर्न थालेको टर्कीका यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले बताएका छन् ।
१३ वर्ष लामो सिरियाली गृहयुद्धको समयमा गम्भीर रूपमा क्षतिग्रस्त र प्रयोग गर्न नसकिने भएको दमास्कस (अन्तर्राष्ट्रिय) विमानस्थलको पुनस्र्थापना गर्न राज्य विमानस्थल प्राधिकरणका कर्मचारीहरू मिलेर बनेको टोली खटाइएको जानकारी दिए ।
उनले २५ सदस्यीय टोली फेब्रुअरी ७ मा दक्षिणी टर्की प्रान्त हातायको सिल्भेगोजु सीमा गेटबाट सिरिया प्रवेश गरेको बताए । टर्कीका मन्त्रीले नेभिगेसन, हवाई यातायात इलेक्ट्रोनिक्स, टर्मिनल इलेक्ट्रोनिक्स, सुरक्षा, र विमानस्थल उद्धार र अग्नि नियन्त्रकका विशेषज्ञहरू मिलेर बनेको प्राविधिक टोलीले विमानस्थलमा आवश्यक सामग्री पु¥याएको उल्लेख गरे ।
युद्धको समयमा क्षतिग्रस्त भएका वा वर्षौंदेखि सेवा बाहिर रहेका धेरै हवाई नेभिगेसन सहायता प्रणालीहरूमा मर्मत गरिएको छ । विमानस्थल सुरक्षा बढाउन टर्किएले १० एक्स–रे मेसिन, चार विस्फोटक ट्रेस डिटेक्टर, १० वाक–थ्रु मेटल डिटेक्टर र आठ ह्यान्डहेल्ड डिटेक्टरहरू प्रदान गरेको छ ।
२०१२ मा सिरियासँग कूटनीतिक सम्बन्ध तोडेको टर्किएले पूर्व सिरियाली राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि देशमा शान्तिपूर्ण संक्रमणको लागि समर्थन व्यक्त गरेको छ ।
प्रकाशित मिति २०८१ फागुन ६ गते मंगलबार ०२:१०




