२०८३ साउन २१ गते बिहीबार

इजिप्ट र जोर्डनद्वारा गाजाको तत्काल पुनर्निर्माणको लागि आह्वान

इजिप्ट र जोर्डनद्वारा गाजाको तत्काल पुनर्निर्माणको लागि आह्वान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ६ गते मंगलबार ०२:१३

बैठकमा सिरियाको अवस्थाबारे पनि छलफल भएको र जसमा दुवै देशले सिरियाको एकता, स्थिरता र क्षेत्रीय अखण्डताप्रति आफ्नो प्रतिबद्धतामा जोड दिए ।

काठमाडौं ।

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र जोर्डनका युवराज अल हुसेन बिन अब्दुल्लाह द्वितीयले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित नगरी गाजा पट्टीको पुनर्निर्माण तुरुन्तै शुरु गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

इजिप्टको राजधानी कायरोमा भएको बैठकमा दुई नेताहरूले जुन ४, १९६७ को सीमानामा पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना नै मध्य पूर्वमा दिगो शान्ति र स्थिरता प्राप्त गर्ने एक मात्र ग्यारेन्टी रहेको दोहो¥याए ।

जोर्डनका युवराजले गाजाको पुनर्निर्माण योजना विकास गर्ने इजिप्टको प्रयासलाई आफ्नो देशको समर्थन पुष्टि गरे । सिसी र युवराजले पश्चिम किनारमा जारी बढ्दो वृद्धि र जेरुसेलममा इस्लामिक र ईसाई पवित्र स्थलहरूमा आक्रमणको खतराहरू विरुद्ध चेतावनी दिए ।

बैठकमा सिरियाको अवस्थाबारे पनि छलफल भएको र जसमा दुवै देशले सिरियाको एकता, स्थिरता र क्षेत्रीय अखण्डताप्रति आफ्नो प्रतिबद्धतामा जोड दिए ।

प्रकाशित मिति २०८१ फागुन ६ गते मंगलबार ०२:१३

हजुरको प्रतिक्रिया