२०८३ कात्तिक ११ गते मंगलबार

भारतको गंगा नदीमा भेटिएका ७१ बेवारिसे शव कहाँबाट आए ?

भारतको गंगा नदीमा भेटिएका ७१ बेवारिसे शव कहाँबाट आए ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २९ गते बुधबार ०९:४७

भारतको विहारस्थित गंगा नदी किनारमा भेटिएका बेवारिसे शवको संख्या ७१ पुगेको छ । पहिचान नखुलेका ती शव कहाँबाट आयो भन्ने समेत यकिन हुन सकेको छैन । पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शव बक्सर जिल्ला प्रशासनले पोष्टमार्टम पछि गाडेको...

भारतको विहारस्थित गंगा नदी किनारमा भेटिएका बेवारिसे शवको संख्या ७१ पुगेको छ । पहिचान नखुलेका ती शव कहाँबाट आयो भन्ने समेत यकिन हुन सकेको छैन ।

पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शव बक्सर जिल्ला प्रशासनले पोष्टमार्टम पछि गाडेको जनाएको छ । शवको डिएनए नमूना भने सुरक्षित राखिएको छ ।

अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरुले बताएका छन् ।

कतिपयले भने शव जलाउने दाउराको मूल्य महँगो भएकाले शव त्यत्तिकै फ्याँकिएको हुनसक्ने अनुमान गरेका छन् । यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए ।

प्रकाशित मिति २०७८ वैशाख २९ गते बुधबार ०९:४७
हजुरको प्रतिक्रिया