२०८३ कात्तिक ११ गते मंगलबार

हमास–इजरायल युद्धविराम पछि ६८० गाजाका बिरामी इजिप्ट प्रवेश

हमास–इजरायल युद्धविराम पछि ६८० गाजाका बिरामी इजिप्ट प्रवेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ८ गते बिहीबार ०३:१२

१ लाख ३० हजार टनभन्दा बढी सहायता र २० हजार पाल बोकेका ७ हजार ट्रकहरू इजरायल र गाजासँगको इजिप्टियन क्रसिङ हुँदै गाजा पुगेका छन् ।

काठमाडौं ।

जनवरी १९ मा हमास–इजरायल युद्धविराम लागू भएदेखि गाजा पट्टीबाट ६८० प्यालेस्टिनी बिरामीहरू र १ हजार ८५० जना साथमा आएका व्यक्तिहरू रफाह क्रसिङ हुँदै इजिप्ट प्रवेश गरेका छन् ।

१ लाख ३० हजार टनभन्दा बढी सहायता र २० हजार पाल बोकेका ७ हजार ट्रकहरू इजरायल र गाजासँगको इजिप्टियन क्रसिङ हुँदै गाजा पुगेका छन् ।

बिरामीहरू र उनीहरूका साथीहरूको पहिलो समूह फेब्रुअरी १ मा इजिप्ट आइपुगेको थियो । इजिप्ट, अन्य देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूबाट सहायता पु¥याउन रफाह क्रसिङ महत्वपूर्ण रहेको छ ।

युद्धविराम सम्झौताको एक भागको रूपमा जनवरी १९ मा इजिप्टियन तर्फबाट क्रसिङ पुनः खोलिएको थियो । इजरायलले मे २०२४ देखि क्रसिङको प्यालेस्टिनी पक्षलाई नियन्त्रण गरेको छ ।

प्रकाशित मिति २०८१ फागुन ८ गते बिहीबार ०३:१२

हजुरको प्रतिक्रिया