२०८३ साउन २१ गते बिहीबार

प्यालेस्टिनी लडाकुद्वारा ४ इजरायली वन्धकहरूको शव हस्तान्तरण

प्यालेस्टिनी लडाकुद्वारा ४ इजरायली वन्धकहरूको शव हस्तान्तरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ९ गते शुक्रबार ०२:०९

अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणको क्रममा चार जनालाई बन्धक बनाइएको थियो ।

काठमाडौं ।

प्यालेस्टिनी सशस्त्र समूहहरूले बिहीवार दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) टोलीलाई चार इजरायली बन्धकहरूको शव हस्तान्तरण गरेको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।

जारी युद्धविराम सम्झौता अन्तर्गत मृतक वन्धकहरूको पहिलो स्वदेश फिर्ताको रूपमा हस्तान्तरण बानी सुहैला चिहान नजिकै हमासको सशस्त्र शाखा अल–कसम ब्रिगेड र अन्य प्यालेस्टिनी गुटहरूको सदस्यहरूको उपस्थितिमा भएको सैन्य परेडको क्रममा भएको हो ।

यसमा कफिनहरू राखिएको प्लेटफर्म वरिपरि नकाबधारी बन्दुकधारीहरूको ठूलो भीड देखाइएको थियो । आइसिआरसी टोली आइपुगेपछि अल–कसम ब्रिगेडका एक लडाकुले कालो पर्दा उठाएका थिए । मृतकहरूको तस्बिर सजिएका चार कालो काठका कफिनहरू देखाएका थिए ।

हमासले एक प्रेस विज्ञप्तिमा शवहरू इजरायलसँगको द्वन्द्वको क्रममा गाजा पट्टीमा मारिएका शिरी बिबास, उनका दुई सन्तान, केफिर र एरियल बिबास र एक वृद्ध पुरुष ओडेद लिफशिट्जको हो ।

अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणको क्रममा चार जनालाई बन्धक बनाइएको थियो ।

प्रकाशित मिति २०८१ फागुन ९ गते शुक्रबार ०२:०९

हजुरको प्रतिक्रिया