२०८३ असोज २३ गते शुक्रबार

माटोको ढिस्कोमा पुरीदा आमा छोराको ज्यान गयो

माटोको ढिस्कोमा पुरीदा आमा छोराको ज्यान गयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ३१ गते शुक्रबार ०९:४१

बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ फलाँटेचौरमा माटोको ढिस्कोले पुरीएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडाको रात्माटाका ३३ वर्षिया भवी कुँवर र उनका छोरा १४ वर्षका सुरेश कुँवरको पुरिएर मृत्यु...

बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ फलाँटेचौरमा माटोको ढिस्कोले पुरीएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडाको रात्माटाका ३३ वर्षिया भवी कुँवर र उनका छोरा १४ वर्षका सुरेश कुँवरको पुरिएर मृत्यु भएको वडा अध्यक्ष कुविर विश्वकर्माले जानाकारी दिए ।

घटना दिउँसो साढे दुई बजे भएको हो । मृत्यु हुने एकाघरका आमाछोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । घटनापछि अहिले इलाका प्रहरी कार्यालय झिँवाखोलाका प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ । प्रहरी र स्थानीयको सक्रियतामा माटोले पुरिएकाको शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

शवको पोष्टमाटम गरि अन्त्येष्टीको तयारी गरिएको बताइएको छ । मृतक भवी कुवँरका श्रीमान रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ । उनका अरु दुई छोरो रहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति २०७८ वैशाख ३१ गते शुक्रबार ०९:४१
हजुरको प्रतिक्रिया