२०८३ कात्तिक ११ गते मंगलबार

इजराइल र प्यालेस्टाइनको भिडन्त जारी : भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुग्यो

इजराइल र प्यालेस्टाइनको भिडन्त जारी : भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ १ गते शनिबार ११:३६

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा सुरु भएको भिडन्त रोकिएको छैन । हिजो मात्रै इजराइली सेनाको कारबाहीका कम्तिमा १० प्यालेस्टाइनीको मृत्यु...

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा सुरु भएको भिडन्त रोकिएको छैन ।

हिजो मात्रै इजराइली सेनाको कारबाहीका कम्तिमा १० प्यालेस्टाइनीको मृत्यु भएको छ । पश्चिम किनारामा इजराइलले अनाधिकृत रुपमा हडपेको वस्तीहरुमा लगातार भिडन्त भइरहेको छ ।

इजरेलले विद्रोही समुह भन्दै आएको हमासका लडाकुहरुले गाजा क्षेत्रबाट इजरेली भूमिमा लगातार रकेट हमला गरिरहेका छन् । तर अधिकांश रकेटलाई इजरेलले आकाशमै ध्वस्त बनाईरहेको छ ।

प्रतिउत्तरमा इजरेली सेनाले पश्चिम किनारा र गाजा पट्टीमा लगातार हवाइ तथा स्थल आक्रमण जारी राखेको छ । अपुष्ट खबरहरुका अनुसार इजरेली सेनाको आक्रमणमा हालसम्म १ सय २६ प्यालेस्टीनी मारिएका छन्भने प्यालेस्टाइनी आक्रमणमा इजरेलका ८ सैनिकले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति २०७८ जेठ १ गते शनिबार ११:३६
हजुरको प्रतिक्रिया