२०८३ साउन २१ गते बिहीबार

मेक्सिको र क्यानडामाथि कर लगाउने ट्रम्पको घोषणा

मेक्सिको र क्यानडामाथि कर लगाउने ट्रम्पको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १३ गते मंगलबार १२:५८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामाथि कर लगाउने घोषणा गरेका छन् । मेक्सिको र क्यानडामा करको लागि आगामी समयसीमाको बारेमा सोध्दा ट्रम्पले ह्वाइट हाउसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त...

अमेरिका सबैसँग पारस्परिक सम्बन्ध चाहने भन्दै अरुले शुल्क लगाए आफूहरु पनि शुल्क लगाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामाथि कर लगाउने घोषणा गरेका छन् ।

मेक्सिको र क्यानडामा करको लागि आगामी समयसीमाको बारेमा सोध्दा ट्रम्पले ह्वाइट हाउसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारहरूलाई करहरू लगाउने कार्य अगाडि बढिरहेको बताए ।

अमेरिकासँग क्यानडा र मेक्सिको मात्र नभइ अन्य देशहरुले पनि नराम्रो व्यवहार गरेको र अमेरिकाबाट फाइदा उठाएको भन्दै उनीहरुमाथि पनि कर लगाउने जनाइएको छ। अमेरिका सबैसँग पारस्परिक सम्बन्ध चाहने भन्दै अरुले शुल्क लगाए आफूहरु पनि शुल्क लगाउने बताइएको छ ।

फेब्रुअरी १ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरे । विशेष गरी क्यानाडाली ऊर्जा उत्पादनहरूको लागि १० प्रतिशत कर वृद्धि गरिएको छ । फेब्रुअरी ३ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा थप कर एक महिनाको लागि स्थगित गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति २०८१ फागुन १३ गते मंगलबार १२:५८
हजुरको प्रतिक्रिया