२०८३ असोज २६ गते सोमबार

निर्वाचन क्षेत्र रणनीतिक सडकहरुको प्रगति देखिएनः सांसद जोशी

निर्वाचन क्षेत्र रणनीतिक सडकहरुको प्रगति देखिएनः सांसद जोशी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १३ गते मंगलबार ०४:०६

प्रधानमन्त्री ओलीले सातदिन भन्दा बढी फाइल नरोकिने बताएपनि भौतिक पूर्वाधार मन्त्रालयबाट १२ वटा पक्की पुलसम्बन्धि फाइल अघि नबढेको बताए ।

काठमाडौं ।

भौतिक पूर्वाधार मन्त्रालयबाट शुरु भएका निर्वाचन क्षेत्र रणनीतिक सडकहरु लामो समयसम्म कामको प्रगति नदेखिएकोबारे संसद्मा प्रश्न उठेको छ ।

मंगलवारको प्रतिनिधि सभामा बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले त्यस्ता सडकहरुको प्रगति राम्रो नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सातदिन भन्दा बढी फाइल नरोकिने बताएपनि भौतिक पूर्वाधार मन्त्रालयबाट १२ वटा पक्की पुलसम्बन्धि फाइल अघि नबढेको बताए ।

उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयबाट शुरु भएका निर्वाचन क्षेत्र रणनीतिक सडकहरु लामोसमयसम्म कामको प्रगति देखिएको छैन । सरकारले त्यसबारे किन ध्यान दिएको छैन । ध्यानाकर्षण गराउन चाहन्छु ।’

बझाङ जिल्लाका अरु सिंचाई योजनाहरु समेत शुरु नभएको उनको भनाई छ ।

ती योजनामा परेको बजेट सरकारका मान्छेले अन्यत्र सार्न खोजेको आरोप समेत जोशीले लगाए ।

 

प्रकाशित मिति २०८१ फागुन १३ गते मंगलबार ०४:०६
हजुरको प्रतिक्रिया