काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) की सांसद रुपा सोशी चौधरीले कालिमाटी फलफूल तथा तरकारी बजारमा भइरहेको बेथितिबारे सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभोको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । ११ जनाको बजार व्यवस्थापन समितिमा ३ जना वास्तविक किसान हुनुपर्नेमा त्यस्तो नभएको बताइन् ।
उनले फलफूल तथा तरकारीको मूल्य समेत बजार व्यवस्थापनले नभई व्यापारीले तोक्ने गरेको उल्लेख गरिन् । मन्द विषादीको शिकार उपभोक्ता हुनुपर्ने बेथितिको अन्त्य कहिले हुन्छ सरकार ? भन्दै प्रश्न समेत गरिन् ।
उनले भनिन्, ‘११ जनाको बजार व्यवस्थापन समितिमा ३ जना किसान नहुनु, फलफूल तथा तरकारीको मूल्य निर्धारण समितिले नभई व्यापारिले गर्नु, खुद्रा पसलेले फलफूल तथा तरकारी लगिसकेपछि गुणस्तर परीक्षण हुनु, मन्द विषादीको सिकार उपभोक्ता हुनुपर्ने बेथितिको अन्त्य कहिले हुन्छ सरकार ? म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’
कालिमाटी फलफूल तथा तरकारी बजारको व्यवस्थापन गर्न सरकारसँग माग गरेकी छन् ।
प्रकाशित मिति २०८१ फागुन १३ गते मंगलबार ०४:२३




