२०८३ साउन २१ गते बिहीबार

विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्नसक्ने सीपसहितको शिक्षा दिनुपर्छः सुनिता डंगोल

विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्नसक्ने सीपसहितको शिक्षा दिनुपर्छः सुनिता डंगोल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १६ गते शुक्रबार ०६:२१

महानगरले शुरु गरेको कार्यक्रमबाट सबै सीप र व्यवसायको सम्मान गर्नुपर्ने कुरा विद्यार्थीले बुझेको उल्लेख गरिन् ।

काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालय तहका विद्यार्थीलाई भविष्यमा आर्थिक उपार्जन गर्नसक्ने शिक्षा दिनुपर्ने बताएकी छन् ।

शुक्रवारदेखि काठमाडौंमा शुरु भएको काठमाडौं शैक्षिक मेलालाई सम्बोधन गर्र्दै उनले यस्तो बताएकी हुन् । उनले विद्यार्थीलाई कितावको ज्ञानका साथै भविष्यमा जीविकोपार्जन गर्नसक्ने सीप सिकाउनु पर्ने बताइन् ।

उनले महानगरले शुरु गरेको कार्यक्रमबाट सबै सीप र व्यवसायको सम्मान गर्नुपर्ने कुरा विद्यार्थीले बुझेको उल्लेख गरिन् । हरेक विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्नसक्ने गरी सिपसहितको शिक्षा प्रदान गर्नुपर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘गरी खाने शिक्षा, महानगरको इच्छा । यस्तो शिक्षा हुनुपर्छ जस्ले गर्दा विद्यार्थीहरु भोलि आफैँले कमाइ खान सक्ने खालको गरी खानसक्ने शिक्षा हुनुपर्छ भनेर स्कुलमा हामीले स्कुलमा ‘स्किल एन एजुकेशन’को थालनी ग¥यौँ । किताबी ज्ञानले मात्र अपुग छ, किताबी ज्ञान सँगसँगै जीवन उपयोगी सीपहरु पनि चाहिन्छ भन्ने कुरा अहिले हामीले बोलिरहनु भन्दा पनि अघि देखी सकेको छ । स्कुलमा सिकेको फेसन डिजाइन नै भोलि कतिपयले लुगा सिलाउन सिकाएर विद्यार्थीलाई लुगा सिलाउने नै बनाउने हो त ? त्यो उहाँहरुको इच्छा । हरेक सिप हरेक व्यवसायको सँगसँगै हरेक कामलाई सम्मान गर्नुपर्छ भन्ने कुरा पनि विद्यार्थीहरुले किताबबाट भन्दा व्यवहारबाट सिकेका छन् ।’

उप प्रमुख डंगोलले अभिभावकले विद्यार्थीले सिकेका सीपको प्रशंसा गरेर थप सिक्न आत्मविश्वास जगाइ दिनुपर्ने बताइन् ।

विद्यार्थीले आफूले सीप सिकेर अरु दश जनालाई सीप सिक्न पे्ररित गर्नुपर्नेमा उनले जोड दिइन् । काठमाडौं शैक्षिक मेला शनिवारसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८१ फागुन १६ गते शुक्रबार ०६:२१
हजुरको प्रतिक्रिया