२०८३ कात्तिक ११ गते मंगलबार

पञ्जाबमा सडक दुर्घटनामा ८ जनाको मृत्यु

पञ्जाबमा सडक दुर्घटनामा ८ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १७ गते शनिबार १२:४४

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मोटरवेमा शुक्रवार यात्रुवाहक बस पल्टिँदा आठ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४० भन्दा बढी यात्रु बोकेको बस दक्षिणी बन्दरगाह शहर कराँचीबाट उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त...

दुर्घटनामा ८ जनाको मृत्यु, १५ जना घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मोटरवेमा शुक्रवार यात्रुवाहक बस पल्टिँदा आठ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

४० भन्दा बढी यात्रु बोकेको बस दक्षिणी बन्दरगाह शहर कराँचीबाट उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त जाँदै गर्दा दुर्घटनाग्रस्त भएको मोटरवे प्रहरीका प्रवक्ता साकिब वाहिदले बताए ।

मोटरवे प्रहरी सहित आपतकालीन प्रतिक्रिया टोलीहरू घटनास्थलमा पुगेको उनले बताए ।

घाइतेहरूलाई उपचारको लागि तुरुन्तै नजिकैको जिल्ला मुख्यालयमा सारिएको अधिकारीले बताएका छन् । दुर्घटनाको कारणको अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति २०८१ फागुन १७ गते शनिबार १२:४४
हजुरको प्रतिक्रिया