२०८३ असोज २६ गते सोमबार

सबै एकजुट भए नेपाललाई छिटै लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्नसक्छौँः गृहमन्त्री लेखक

सबै एकजुट भए नेपाललाई छिटै लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्नसक्छौँः गृहमन्त्री लेखक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १७ गते शनिबार ०१:१२

काठमाडौं गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् । शनिवारबाट नेपाल प्रहरीले शुरु गरेको लागुऔषध बिरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले...

पालिका र वडा—वडा स्तरबाट लागुऔषध बिरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड

काठमाडौं

गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् ।

शनिवारबाट नेपाल प्रहरीले शुरु गरेको लागुऔषध बिरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

अहिले संघीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधबिरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताए । उनले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने जिकिर गरे ।

पालिका र वडा—वडा स्तरबाट लागुऔषध बिरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन आग्रह गरे ।

समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागुऔषधले समाजमा नकारात्मक प्रभाव पारेको जिकिर गरे ।

गृहमन्त्री लेखकले भने, ‘अहिले हामी संघीयतामा छौँ । तीन तहमा सरकार छ । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यसमा स्थानीय तहलाई जोड्न जरुरी छ । किनभने यो अभियानलाई वडा वडा स्तरमा पु¥याउन सकियोस् । पालिकाहरुले पनि यसलाई एउटा अभियानका रुपमा अघि बढाउन जरुरी छ । एकै पटक जिल्लाभर नहोला तर एउटा जिल्लाको दुई, तीन वटा पालिकालाई लागुऔषध मुक्त पालिका बनउने काम गरौँ । पालिका उठाऔँ । त्यहाँका स्कुल, क्याम्पस, युवा क्लव, राजनीतिक दल, भ्रातृ संस्था, शुभेच्छुक, विद्यार्थी संगठनहरुलाई संलग्न गरौँ र एउटा पालिकालाई ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाऔँ । समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी छ । लागुऔषधले समाजलाई धेरै नै नकारात्मक प्रभाव बनाएको छ । यो प्रहरीको मात्रै विषय होइन । लागुऔषधको प्रभावमा युवालाई पर्न नदिने कुरा अभिभावक र परिवारबाट शुरु हुन्छ । लागुऔषध दुव्र्यसनमा पर्न नदिने स्थिति निर्माण गर्ने एउटा पाटो छ भने अर्को यसको ओसारपसार, व्यापार, भण्डारण गर्ने अपराधिक गतिविधिमा प्रहरीको काम छ । खोज्ने, समात्ने, हेर्ने गर्नुपर्छ । कडाईका साथ काम गर्नुपर्छ । निवारण गर्ने काममा हामी समाज लाग्नुपर्छ । यसलाई महाअभियानका रुपमा देशभर लैजानुपर्छ । म मेरोतर्फबाट प्रतिवद्ध छु । नेपाल सरकारले लागुऔषध नियन्त्रणका लागि गर्नुपर्ने गतिविधिमा केके गर्नुपर्छ म तयार छु । यसका बिरुद्धको लडाईंमा विजय प्राप्त गर्छौं । यो मुलुकलाई लागुपदार्थ मुक्त देशको रुपमा हामी स्थापित गर्नसक्छौँ ।’

गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मुल कारण लागुऔषध रहेको बताए। अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गरे।

लागुऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने जिकिर गरे ।

प्रकाशित मिति २०८१ फागुन १७ गते शनिबार ०१:१२
हजुरको प्रतिक्रिया