२०८३ कात्तिक ११ गते मंगलबार

कंगोमा र्‍यालीपछि भएको विस्फोटमा ११ जनाको मृत्यु, ६५ जना घाइते

कंगोमा र्‍यालीपछि भएको विस्फोटमा ११ जनाको मृत्यु, ६५ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १७ गते शनिबार ०२:२९

डीआरसीका अध्यक्ष फेलिक्स त्शिसेकेदीले आक्रमणको निन्दा गरे ।

काठमाडौं ।

विद्रोही मार्च २३ आन्दोलनको समर्थनमा भएको राजनीतिक र्‍यालीको केही समयपछि पूर्वी लोकतान्त्रिक गणतन्त्र कंगोको बुकाभुमा भएको विस्फोटमा ११ जनाको मृत्यु भएको छ ।

साथै ६५ जना घाइते भएका छन् । राजनीतिक–सैन्य समूह कंगो नदी गठबन्धनका राजनीतिक नेता कोर्निले नाङ्गाले पछिल्लो हताहतको पुष्टि भएको छ ।

दक्षिण किभुको प्रान्तीय राजधानीको स्वतन्त्रता स्क्वायरमा नाङ्गाले भाषण दिएको ¥यालीको केही समयपछि विस्फोटहरू भएका थिए ।

डीआरसीका अध्यक्ष फेलिक्स त्शिसेकेदीले आक्रमणको निन्दा गरे ।

प्रकाशित मिति २०८१ फागुन १७ गते शनिबार ०२:२९
हजुरको प्रतिक्रिया