२०८३ असोज २६ गते सोमबार

स्काउट, रेडक्रस लगायतका संस्थानमा राजनीतिकरण हुँदा प्रभावकारी बन्न सकेनन्ः नेता निधी

स्काउट, रेडक्रस लगायतका संस्थानमा राजनीतिकरण हुँदा प्रभावकारी बन्न सकेनन्ः नेता निधी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १७ गते शनिबार ०५:४४

नयाँ पुस्तालाई अवसर पाउनुपर्ने कुरामा कुनै प्रश्न नरहेको उनको भनाइ छ ।

काठमाडौं ।

नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थानहरुमा राजनीतिकरण हुँदा राम्रोसँग काम गर्न नसकेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले संस्थानहरुमा राजनीतिकरण हुँदा राम्रोसँग काम गर्न नसकेको बताएका हुन् । उनले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थाहरुमा धेरै राजनीतिकरण भएको उल्लेख गरे ।

उनले सामाजिक संस्थाहरुलाई राजनीतिक रुपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मुल ध्येय नै विचलित हुन पुगेको जिकिर गरे । नयाँ पुस्तालाई अवसर पाउनुपर्ने कुरामा कुनै प्रश्न नरहेको उनको भनाइ छ ।

उनले भने, ‘नेपाल स्काउट, रेडक्रस लगायतका यस्ता संस्थाहरु राजनीतिकरण धेरै भएको कारणले राजनीतिक रुपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मुल गोल नै विकसित हुन सकिरहेको छैन । त्यसबाट जोगाएर अघि बढौँ । नयाँ पुस्ताले अवसर पाउनु पर्दछ । क्षमताको विकास गर्नुपर्दछ । नेतृत्वको विकास गर्नुपर्छ । पुराना पुस्तालाई पनि सम्मान गर्दै जानुपर्छ ।’

सांसद निधीले नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्न सक्नुपर्ने बताएका छन् ।

 

प्रकाशित मिति २०८१ फागुन १७ गते शनिबार ०५:४४
हजुरको प्रतिक्रिया