२०८३ साउन २१ गते बिहीबार

सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको छः सांसद तिमिल्सिना

सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको छः सांसद तिमिल्सिना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १८ गते आइतबार ०४:२०

राजनीतिक दलहरु नसम्हालिँदा दलका नेता र कार्यकर्ता नै सहकारी ठगीमा संलग्न रहेको बताइन् ।

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको आरोप लगाएकी छन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले यस्तो आरोप लगाएकी हुन् ।

उनले जनताले वचत गरेको रकम सहकारीले हिनामिना गरेर जनतालाई बिचल्लीमा पारेको आरोप लगाइन् । उनले राजनीतिक दलहरु नसम्हालिँदा दलका नेता र कार्यकर्ता नै सहकारी ठगीमा संलग्न रहेको बताइन् ।

उनले भनिन्, ‘वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकले डुबाएको छ । आफ्नो जीवन धान्नको लागि वृद्धवृद्धाले एकएक गरी वचत गरेको रकम एकपछि अर्को सहकारीले तहसनहस बनाएको छ । आज आआफनो ठाउँमा आफ्ना कार्यकर्तालाई सम्हाल्न नसक्दाखेरि विभन्न दलका नेता र कार्यकर्ताहरु नै सहकारीमा मुछिएका छन् ।’

सरकार सहकारी पीडितलाई न्याय कहिले दिने ? भन्दै सरकारलाई प्रश्न समेत गरिन् ।

प्रकाशित मिति २०८१ फागुन १८ गते आइतबार ०४:२०
हजुरको प्रतिक्रिया