२०८३ असोज २६ गते सोमबार

विधिको शासन सुनिचिश्तता गर्न गृह संयन्त्र निष्पक्ष रुपमा परिचालित छः गृहमन्त्री लेखक

विधिको शासन सुनिचिश्तता गर्न गृह संयन्त्र निष्पक्ष रुपमा परिचालित छः गृहमन्त्री लेखक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १८ गते आइतबार ०४:२९

मुलुकमा सुशासन र विधिको साशन कायम गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताएका छन् ।

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिश्तिता गर्न कानून कार्यान्वयका लागि गृह मन्त्रालयका संयन्त्रहरु निष्पक्ष रुपमा परिचालन गरिएको दाबी गरेका छन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । उनले स्रोत र साधनको सिमितताको बीच कार्यसम्पादन गर्नु परिरहेको हुँदा कतिपय विषयमा अपेक्षाअनुरुप काम हुन नसकेको समेत बताए ।

जनताले अनुभुत गर्नेगरी शान्ती सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृह मन्त्रालय संवेदनशील र गम्भिर भएर काम गरिरहेको उनको भनाइ छ । मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनःस्थापना र क्षतिको पुनःनिर्माणको कामले लय समातेको समेत उल्लेख गरे ।

उनले भने, ‘मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनःस्थापना र क्षतिको पुनःनिर्माणको कामले लय समातेको छ । नेपालको संविधान तथा कानूनद्वारा प्रत्याभुत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्यमान्यता सम्मान गर्नेगरी कानून कार्यान्वयमा गृह मन्त्रालयका संयन्त्रहरु निष्पक्ष रुपमा परिचालन गरिएको छ । स्रोत र साधनको सिमितताको बीच कार्य सम्पादन गर्नु परिरहेको हुँदा पक्कै पनि कतिपय विषयमा अपेक्षाअनुरुप काम हुन नसकेको होला । तरपनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरि जनताले अनुभुत हुनेगरी शान्ती सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा म र मेरा मन्त्रालय गम्भिर र संवेदनशील ढंगबाट काम गरिरहेको छ ।’

मुलुकमा सुशासन र विधिको साशन कायम गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताएका छन् ।

प्रकाशित मिति २०८१ फागुन १८ गते आइतबार ०४:२९

हजुरको प्रतिक्रिया