२०८३ कात्तिक ११ गते मंगलबार

१५ वर्षभन्दा पुराना सवारी साधनलाई दिल्ली सरकारले इन्धन नदिने

१५ वर्षभन्दा पुराना सवारी साधनलाई दिल्ली सरकारले इन्धन नदिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १९ गते सोमबार १०:३६

होटल, व्यावसायिक परिसर र कार्यालयहरू सहित बहुतले भवनहरूमा वायु प्रदुषण नियन्त्रण गर्न एन्टी–स्मग गनहरू जडान गर्नुपर्ने उनले बताए ।

एजेन्सी\सिन्ह्वा

भारतको दिल्ली राज्यको नयाँ सरकारले १५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई अप्रिल १ देखि इन्धन नदिने बताएको छ ।

दिल्लीका वातावरणमन्त्री मन्जिन्दर सिंह सिरसाले त्यस्ता सवारी साधनहरू पहिचान गर्न र दिल्लीमा उनीहरूको प्रवेशमा प्रतिवन्ध लगाउन चाँडै नै अधिकारीहरूको टोली गठन गरिने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

होटल, व्यावसायिक परिसर र कार्यालयहरू सहित बहुतले भवनहरूमा वायु प्रदुषण नियन्त्रण गर्न एन्टी–स्मग गनहरू जडान गर्नुपर्ने उनले बताए ।

दिल्लीमा वायु प्रदुषण बढ्दो समस्याका रुपमा रहेको छ । नोभेम्बर २०२४ मा दिल्लीले ७९५ को वायु गुणस्तर सूचकांक दर्ता गरेको छ ।

प्रकाशित मिति २०८१ फागुन १९ गते सोमबार १०:३६
हजुरको प्रतिक्रिया