२०८३ साउन २१ गते बिहीबार

आगामी निर्वाचनमा काँग्रेसको बहुमत नआए पनि देशकै ठूलो पार्टी बनाउनुपर्छः सभापति देउवा

आगामी निर्वाचनमा काँग्रेसको बहुमत नआए पनि देशकै ठूलो पार्टी बनाउनुपर्छः सभापति देउवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १९ गते सोमबार ०३:५२

सभापति देउवाले नेपालको लोकतन्त्र समावेशी र समानुपातिक तथा विपक्षी दलसहितको राम्रो व्यवस्था भएको बताएका छन् ।

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्नेगरी तयारीमा लाग्न पार्टीका नेता÷कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमवार रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले नेपाली काँग्रेस आगामी निर्वाचनमा बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्नसक्ने बताए । उनले पहिलाको भन्दा ठूलो पार्टी बन्नेगरी तयारी गर्न निर्देशन दिए ।

नेताहरुबीचका मतभेदहरु छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने उनले उल्लेख गरे ।

सभापति देउवाले भन्नुभयो, ‘भोलिको दिनमा हाम्रो पार्टीले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो, हिजोको भन्दा ठूलो पार्टी बनाउन हामी लाग्नुपर्छ भन्नेकुरा अनुरोध गर्न चाहन्छु । हाम्रो बीचमा अनेक किसिमका मतभेदहरु हुन सक्छन् । ति सबै कुरालाई हामीले आपसमा छलफल गरेर टुंग्याउनु पर्छ । मतभेद छलफलबाट हटाएर पार्टीलाई जीवन्त बनाउनु पर्छ । हाम्रो पार्टीलाई जीवन्त पार्टी बनाउनसके मात्रै हामी अघि बढ्न सक्छौँ ।’

सभापति देउवाले नेपालको लोकतन्त्र समावेशी र समानुपातिक तथा विपक्षी दलसहितको राम्रो व्यवस्था भएको बताएका छन् ।

प्रकाशित मिति २०८१ फागुन १९ गते सोमबार ०३:५२

हजुरको प्रतिक्रिया