पाेखरा । नेपालमा काेराेना संक्रमितकाे उपचारमा सघाउन अमेरिकामा बस्ने नेपालीहरुले आर्थिक सहयाेग पठाएका छन् । रवि लामिछाने फाउण्डेशनमार्फत काेराेना संक्रमितकाे उपचारमा सहयाेग गर्ने गरि साे रकम पठाएकाे अमेरिकामा कार्यरत सहयाेगदाता रबिन गुरूङले बताए ।
काेराेना भाइरसकाे दाेस्राे लहर सुरु भएदेखि संक्रमितकाे उपचार र महामारी राेकथामका गतिविधिमा रवि लामिछाने फाउण्डेशन सक्रिय रहेकाे छ ।
अमेरिकाबाट पठाइएकाे सहयाेग रकम नेपालस्थित समन्यवकर्ता सुजन गुरुङले मंगलबार फाउण्डेशनका अध्यक्ष एवं चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई हस्तान्तरण गरेका छन् । सुजनले अमेरिकाबाट पठाइएकाे १ लाख १४ हजार रूपैँया फाउण्डेसनलाइ प्रदान गरेका हुन् । साे रकम अमेरिकामा कार्यरत रबिन गुरुङको पहलमा संकलन भएकाे सुजनले जानकारी दिए । जसमा अमेरिकामा रहेका रबिन गुरुङले ३ सय डलर, लुम गुरुङले १ सय ४५, कमल मगर, दिनेश रेग्मी, थमन गुरुङ, दिनेश गुरुङ १/१ सय डलर, काजी गुरुङले ५०, राजु मगरबाट ३० र संजोग गुरुङ २५ डलर सहयाेग गरेकाे थिए ।
सहयाेग रकम बुझ्दै अध्यक्ष लामिछानेले प्राप्त सहयाेग कुनैपनि किसिमबाट दुरुपयाेग नहुने र पूर्णरुपमा संक्रमितकाे उपचारमा खर्च गरिने प्रतिवद्धता जनाए ।
प्रकाशित मिति २०७८ जेठ २६ गते बुधबार ०८:२९




