२०८३ साउन २१ गते बिहीबार

पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो

पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २१ गते बुधबार १२:२१

पर्वत । पर्वतको बिहादी गाउँपालिकामा आज बिहान भएको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अरू सात जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकामा रहेको पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ गुडिरहेको...

दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, अरू सात जना घाइते

पर्वत ।

पर्वतको बिहादी गाउँपालिकामा आज बिहान भएको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अरू सात जना घाइते भएका छन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिकामा रहेको पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ गुडिरहेको लु १ ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको ज्यान गएको कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ । एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ ।

उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको पहिचान भने खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

 

प्रकाशित मिति २०८१ फागुन २१ गते बुधबार १२:२१
हजुरको प्रतिक्रिया