२०८३ साउन २१ गते बिहीबार

सबै दलका लागि इतिहास लेख्ने अवसर : सुनिता बराल

सबै दलका लागि इतिहास लेख्ने अवसर : सुनिता बराल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २१ गते बुधबार ०३:१८


सरकारले आजको संसद बैठकमा पाँच वटा अध्यादेश निर्णयार्थ पेश गर्न लागेको छ ।

काठमाडौं ।

नेकपा एमालेकी सचेतक सुनिता बरालले संसदमा पेश हुन लागेको अध्यादेशहरु इतिहास लेख्ने अवसर भएको बताएकी छन् ।

सोमवार प्रतिनिधि सभाको शुन्य सयममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले निर्वाचनमा जाँदा सबै राजनीतिक दलहरुले प्रस्तुत गरेका घोषणा पत्र अनुसार सरकारले पेश गर्न लागेको अध्यादेश सबै दलहरुले साझा बनाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘हामी दलीय राजनीतिमा छौँ र निर्वाचनमा जाँदा सबैले आ—आफ्ना घोषणा पत्रमा सुन्दर विषय उल्लेख गरेका हुन्छौँ । आज नेपाल सरकारले पाँच वटा अध्यादेशहरु निर्णयार्थ सदनमा प्रश्तुत गर्दैछ । जसमा नेपालका आर्थिक विकास र प्रगतिका विषयहरु, रोजगारीको सिर्जना, व्यावसायिहक वातावरणको निर्माण, सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो बनाउने र सुशासनलाई थप समृद्ध बनाउने विषयहरु छन् । हिजो सुन्दर इतिहास पढ्दै आएको यो थलो आज इतिहास लेख्ने एउट अवसरका प्राप्त गरेका छौँ । यो अवसरमा सबै दलहरुलाई र मानीयहरुलाई आज पेश हुने अध्यादेशहरुलाई साझा बनाएर अगाडि बढ्नका लागि अनुरोध गर्न चाहन्छु ।’

सरकारले आजको संसद बैठकमा पाँच वटा अध्यादेश निर्णयार्थ पेश गर्न लागेको छ ।

 

प्रकाशित मिति २०८१ फागुन २१ गते बुधबार ०३:१८
हजुरको प्रतिक्रिया