२०८३ साउन २१ गते बिहीबार

सर्बियामा विपक्षी सांसदहरूले संसद्भित्र ‘स्मोक बम’ प्रहार गरे

सर्बियामा विपक्षी सांसदहरूले संसद्भित्र ‘स्मोक बम’ प्रहार गरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २१ गते बुधबार ०३:२३

देशमा भ्रष्टाचार बढेको भन्दै सरकारको विरोध गर्दै आएका छन् ।

काठमाडाैं ।

सर्बियाको संसद्मा विपक्षी सांसदहरूले संसद्भित्र धुँवा निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि कोलाहल मच्चिएको छ ।

संसद् बैठक चलिरहेको बेला विपक्षी सांसदहरूले धुवाँ निस्कने ग्रिनेट प्रहार गरेका बीबीसीले जनाएको छ ।

विपक्षीहरूले देशमा विद्यार्थीहरूले गरिरहेको विरोध प्रदर्शनको समर्थन गर्दै सरकारको विरोध गरेका थिए । विपक्षीहरूले विद्यार्थीहरूको आन्दोलनमा समर्थन गर्न खोज्दा संसद् भवनभित्रका सुरक्षाकर्मीसँग झडप भएको हो ।

झडपका क्रममा तीन जना सांसद घाइते भएका छन् । एक जनालाई हृदयाघात भएको र उनको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सर्बियामा ४ महिनाअघि एउटा रेल स्टेशनको छाना खसेर १५ जनाको ज्यान गएपछि विद्यार्थीहरू आन्दोलित छन् । उनीहरूले देशमा भ्रष्टाचार बढेको भन्दै सरकारको विरोध गर्दै आएका छन् ।

आन्दोलनले बृहत् रूप लिएको छ । सत्तापक्षले भने सरकारलाई कमजोर बनाउन पश्चिमा गुप्तचरहरूले आन्दोलन चलाएको आरोप लगाएका छन् ।

प्रकाशित मिति २०८१ फागुन २१ गते बुधबार ०३:२३
हजुरको प्रतिक्रिया