२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगरमा कोटीहोम पक्षधरको धर्ना

पोखरा महानगरमा कोटीहोम पक्षधरको धर्ना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २५ गते आइतबार ०८:५७

पोखरा । गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञकाे पक्षमा काेटिहाेम हुनुपर्ने भन्दै पक्षधरहरूले आइतबार पोखरा महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् । पोखराको लेकसाइडस्थित वाराहीघाटमा गर्ने भनिएको कोटीहोम...

सिडियोद्वारा सोमबारका लागि त्रिपक्षीय बैठक आह्वान

पोखरा ।

गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञकाे पक्षमा काेटिहाेम हुनुपर्ने भन्दै पक्षधरहरूले आइतबार पोखरा महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।

पोखराको लेकसाइडस्थित वाराहीघाटमा गर्ने भनिएको कोटीहोम रोक्न पोखरा महानगरका मेयर धनराज आचार्य लागीपरेको भन्दै उनिहरूले कार्यालय अगाडि धर्ना दिएकाे काेटिहाेम पक्षधरले बताए । विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश, जिल्ला शाखा कास्की, संस्कृत युवा मञ्च कास्की, मातृशक्ति विभाग गण्डकी प्रदेश लगायत संस्थाको सहभागितामा बिहान ९ बजेदेखि साढे १० बजेसम्म महानगर प्राङगणमा धर्ना भएको हो ।

यता, विभिन्न विवादका विच कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सोमबारका लागि त्रिपक्षीय बैठक आह्वान गरेका छन् । कोटीहोम विवादले उग्ररुप लिएपछि कास्कीका प्रमुख जिल्ला अधिकारीले सोमबारका लागि दुवै पक्षलाई वार्तामा बोलाएका छन् । नेपाल मानव सेवा फाउन्डेसन र पोखरा महानगरपालिकालाई सोमबार वार्ताका लागि बोलाएको प्रजिअ पाण्डेले जानकारी दिए । उनले भने, ‘कोटीहोम विवाद चर्किंन थाल्दा शान्ति सुरक्षाको समेत सवाल भएकाले कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गर्न लागिएको हो ।’

यसअघि पोखरामा कोटीहोम रोक्न लागेको भन्दै आयोजक नेपाल मानव सेवा फाउन्डेसनले उच्च अदालत पोखरामा रिट दायर भएको छ । उक्त रिटमा अदालतले विपक्षी पोखरा महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ । उक्त आदेशविरुद्ध पोखरा महानगर भ्याकेटमा गएको छ । अदालतले दुवै मुद्दालाई एकैठाउँमा राखेर हेर्न अग्राधिकार दिएको छ ।

कोटीहोमका लागि भूमि पूजन भएका दिन फागुन २३ गते वाराहीघाटमा झडप भएको थियो । झडपमा महानगर प्रहरीसहित १३ जना घाइते भएका थिए । कोटीहोम आयोजकतर्फका युवाहरुले रड र लाठीसहित आक्रमणमा उत्रेको महानगरले जनाएको छ । आयोजक मानव सेवा फाउण्डेसनले मेयरकाे निर्देशनमा खटिएका नगर प्रहरीहरूले लाठी, हेलमेट र बुटसहित पूजन स्थलमा हस्तक्षेप गर्ने, धार्मिक सामग्रीहरू उठाउने, अपशब्द प्रयोग गर्ने, महिलाहरूको गरगहना लुट्ने तथा जबरजस्ती पूजन स्थलबाट कुर्सी र अन्य सामग्री लैजाने कार्य गरेकाेले झडपकाे स्थिति उत्पन्न भएकाे जनाएकाे छ ।

वैशाख १६ देखि जेठ २६ गतेसम्म फाउन्डेसनले पोखरामा कोटीहोम गर्दैछ ।

प्रकाशित मिति २०८१ फागुन २५ गते आइतबार ०८:५७
हजुरको प्रतिक्रिया