२०८३ साउन २१ गते बिहीबार

चीनद्वारा सञ्चार प्रविधि परीक्षण उपग्रह प्रक्षेपण

चीनद्वारा सञ्चार प्रविधि परीक्षण उपग्रह प्रक्षेपण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २६ गते सोमबार १२:५३

चीनले सोमवार बिहान दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको लागि नयाँ परीक्षण उपग्रह पठाएको छ । उपग्रहलाई बिहान १ः१७ बजे ९बेइजिङ समय० लङ मार्च–३ बी रकेटद्वारा प्रक्षेपण...

प्रक्षेपण सफलतापूर्वक योजनावद्ध कक्षामा प्रवेश

चीनले सोमवार बिहान दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको लागि नयाँ परीक्षण उपग्रह पठाएको छ ।

उपग्रहलाई बिहान १ः१७ बजे ९बेइजिङ समय० लङ मार्च–३ बी रकेटद्वारा प्रक्षेपण गरिएको थियो ।

प्रक्षेपण केन्द्रकाअनुसार यो प्रक्षेपण सफलतापूर्वक योजनावद्ध कक्षामा प्रवेश गरेको छ ।

उपग्रह मुख्यतया बहु–ब्यान्ड र उच्च–गति सञ्चार प्रविधि प्रमाणीकरण गर्न प्रयोग गरिनेछ । यो प्रक्षेपण लङ मार्च वाहक रकेट श्रृङ्खलाको ५६२ औं मिसन थियो ।

प्रकाशित मिति २०८१ फागुन २६ गते सोमबार १२:५३
हजुरको प्रतिक्रिया