२०८३ कात्तिक ११ गते मंगलबार

घर फर्किन थाले लेबनानी किसान

घर फर्किन थाले लेबनानी किसान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २६ गते सोमबार ०२:३९

अब बस्नको लागि ठाउँ र आफ्नो कृषि कार्य पुनः शुरु गर्ने अवसर मिलेको उनीहरुको भनाइ छ ।

काठमाडौं ।

द्वन्द्वले पूर्णरूपमा ध्वस्त भएको दक्षिणी लेबनानको सीमावर्ती गाउँ रामियाका बासिन्दाहरू अन्ततः घर फर्कन थालेका छन् ।

कल्याणकारी संस्थाहरुले ५० वटा घरहरु निर्माण गरिदिएसँगै उनीहरु आफ्नो गाउँ फर्किएका हुन् । विस्थापित परिवारहरूमध्ये धेरै सुर्तीजन्य किसान छन् ।

अब बस्नको लागि ठाउँ र आफ्नो कृषि कार्य पुनः शुरु गर्ने अवसर मिलेको उनीहरुको भनाइ छ ।

परिवारहरू फर्किँदा उनीहरूले पानी र बिजुलीको आवश्यकतासहित निरन्तर चुनौतीहरूको सामना गर्नेछन् ।

यद्यपि, आवास सुरक्षित गर्ने पहिलो चरण अब पूरा भएपछि आधारभुत सेवाहरू र पूर्वाधार पुनस्र्थापित गर्ने प्रयासहरू जारी रहेको बताइएको छ ।

प्रकाशित मिति २०८१ फागुन २६ गते सोमबार ०२:३९

हजुरको प्रतिक्रिया