पोखरा ।
गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरा महानगरपालिका–१६ मा सञ्चालित मातृशिशु मितेरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नबनियुक्त पदाधिकारीको पदस्थापन सोमबार सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकारको प्रादेशिक अस्पताल गठन आदेश २०८० मा व्यवस्था भए अनुसार जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल अध्यक्ष रहने व्यवस्थाअनुसार अध्यक्ष पौडेल सहित समितिका सदस्यहरूको पदस्थापन गरिएको हो ।
व्यवस्था अनुसार सम्बन्धित स्थानिय तह प्रमुख पोखरा महानगरपाकिका प्रमुख धनराज आचार्य, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की , जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि , सदस्य र अस्पतालका ब्यबस्थापन समितिका सदस्य सचिब सोहि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहने व्यवस्था छ ।कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य न्त्री कृष्ण प्रसाद पाठकले पदस्थापन गरेका थिए ।
मन्त्री पाठकले राजनितीमा प्रतिस्पर्धा विकासमा सहभागिताको अवधारणामा काम गर्न सबै पक्षलाई आग्रह गरे । उनले स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउन गण्डकी प्रदेश सरकार सञ्चालित अस्पतालहरूको स्तरोन्नति सहित हर पक्षबाट सबल र सक्षम बनाउन प्रदेश सरकार प्राथमिकताका सहित निति कार्यक्रम निर्माणमा लागेको दाबी गरे ।
उनले प्रदेशमा बिशिष्टिकृत सेवा सहितका अस्पतालको निर्माणमा सरकार लाग्ने उल्लेख गर्दै स्वास्थ्य सेवा सहज र सरल बनाउदै आम जनताको पहुँचमा रहने सेवाहरूको प्रबाहमा ध्यान पुर्याउन सबैको ध्यानाकर्षण गराए ।
अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष लिलाधर पौडेलले अस्पताललाई समुन्नत र सेवाहरूको सबलिकरणामा सबै निकायहरूको सहयोग र समन्वयमा आफ्नो समिति दत्तचित्त भएर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष पौडेलले गण्डकी प्रदेश सरकारले परिकल्पना गरेको स्वस्थ गण्डकीबासी ,समृद्ध गण्डकी निर्माणको अभियानलाई सार्थक बनाउन सबै क्षेत्र र समुदाय लागि पर्न आग्रह गरे । पोखरा महानगर प्रमुख धनराज आचार्यले जनशक्ति सहित अन्य भौतिक र प्राबिधिक बिकासमा महानगर कटिबद्धता सहित लागी पर्ने उल्लेख गरे ।
सो अवसरमा अस्पतालका पूर्व अध्यक्ष समेत रहेका पोखराका पूर्व मेयर तथा गण्डकी प्रदेश सभा पूर्वसदस्य कृष्ण थापा गण्डकी प्रदेशका स्वास्थ्य सचिव डाक्टर बिश्वबन्धु बगाले , अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष उषा बरूवाल, अस्पतालका व्यवस्थापन समितिका सदस्य सचिव मेडिकल सुपरिटेन्डेन्ट डाक्टर धर्मदेब ढकाल सहितले मन्तव्य व्यक्त गरेका थिए ।
सो अबसरमा अस्पताल व्यवस्थापन समितिका निवर्तमान समितिका पदाधिकारीहरूको बिदाइ समेत गरिएको थियो । कार्यक्रम सो अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति २०८१ फागुन २६ गते सोमबार ०२:५८




