२०८३ असोज २६ गते सोमबार

फोहोर गरेबापत राप्रपाले काठमाडौं महानगरलाई एक लाख रुपैयाँ जरीवाना तिर्‍यो

फोहोर गरेबापत राप्रपाले काठमाडौं महानगरलाई एक लाख रुपैयाँ जरीवाना तिर्‍यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २६ गते सोमबार ०३:१९

पूर्वराजा ज्ञानेन्द्र शालाई स्वागत गर्न राप्रपालगायत राजावादी शक्तिहरूले हिजो काठमाण्डौमा प्रदर्शन गरेका थिए ।

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिजोको प्रदर्शनमा फोहोर गरेबापत काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरीवाना बुझाएको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महानगरको खातामा एक लाख रुपैयाँ आज दाखिला गरेको जानकारी दिएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शालाई स्वागत गर्न राप्रपालगायत राजावादी शक्तिहरूले हिजो काठमाण्डौमा प्रदर्शन गरेका थिए ।

जनप्रदर्शनका सहभागीहरूबाट सार्वजनिक क्षेत्रका सडकमा फोहोरमैला र भौतिक क्षति भएको दाबी गर्दै काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा महानगरपालिकाको आर्थिक ऐनबमोजिम एक लाख रुपैयाँ जरीवाना तोकेको थियो ।

राप्रपाका प्रमुख सचेतक शाहीले आफ्नो पोस्टमा प्रदर्शनमा क्रममा भौतिक क्षति र फोहोर भएको कुरा स्वीकार गर्दै विधिको शासन मानेर काठमाण्डौ महानगरको निर्णयलाई स्वीकार गरेको उल्लेख गरे ।

प्रकाशित मिति २०८१ फागुन २६ गते सोमबार ०३:१९

हजुरको प्रतिक्रिया