२०८३ असोज २६ गते सोमबार

खेलकुद गतिविधि नगर्ने विद्यालयमा विद्यार्थी घटिरहेका छन्ः खेलकुदमन्त्री चौधरी

खेलकुद गतिविधि नगर्ने विद्यालयमा विद्यार्थी घटिरहेका छन्ः खेलकुदमन्त्री चौधरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २६ गते सोमबार ०५:०६

मन्त्री चौधरीले प्याब्सनलाई जिल्ला, आफ्नो क्षेत्रभित्र कुनैपनि खेलहरु गराउन आग्रह गरेका छन् ।

काठमाडौं ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रत्येक निजी विद्यालयमा स्काउटको व्यवस्था गर्न आग्रह गरेका छन् ।

सोमवार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले नेपाल स्काउट खेलकुद मन्त्रालयअन्तर्गत रहेको र प्रत्येक निजी विद्यालयले आफ्नो विद्यालयमा स्काउट राख्न आग्रह गरे । उनले स्काउटले विद्यार्थीलाई अनुशासनमा राख्ने उल्लेख गरे ।

विद्यालय भनेकै खेलकुद रहेको बताउँदै खेलकुद नभएको विद्यालयमा विद्यार्थी घटिरहेको तथ्यांकले देखाएको मन्त्री चौधरीको भनाइ छ ।

उनले भने, ‘खेलकुद मन्त्रालयअन्तर्गत नेपाल स्काउट छ । यो प्रत्येक निजी विद्यालयहरुले राखिदिन मैले आग्रह गर्न चाहेँ । किनभने त्यसले विद्यार्थीलाई अनुशासित मात्रै बनाउँदैन । हरेक क्षेत्रमा अघि बढाउन मद्दत गर्दछ । हाम्रो मन्त्रालयको तर्फबाट, नेपाल स्काउटको तर्फबाट हामी परिषद् पठाइदिएर सहयोग गरिदिन आग्रह गर्दछु । प्रशिक्षक पठाउँछौँ । सात दिनको तालिम हो । धेरै दिनको छैन । विद्यालय भनेको खेलकुद नै हो । जुन विद्यालयमा खेलकुद छैन त्यस विद्यालयमा विद्यार्थी घटिरहेका छन् । विद्यालयमा खेलकुद आयोजना गराउनुस् ।’

मन्त्री चौधरीले प्याब्सनलाई जिल्ला, आफ्नो क्षेत्रभित्र कुनैपनि खेलहरु गराउन आग्रह गरेका छन् ।

 

प्रकाशित मिति २०८१ फागुन २६ गते सोमबार ०५:०६
हजुरको प्रतिक्रिया