२०८३ कात्तिक ११ गते मंगलबार

दक्षिण पश्चिम पाकिस्तानमा १६ आतंककारी मारिए

दक्षिण पश्चिम पाकिस्तानमा १६ आतंककारी मारिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २८ गते बुधबार ०२:१३

जसमा ५८ पुरुष, ३१ महिला र १५ बालबालिका छन् ।

काठमाडौं ।

पाकिस्तानी सुरक्षा बलले मंगलवार देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको कच्ची जिल्लामा रेलमा आक्रमणपछि वन्धकहरूलाई उद्धार गर्ने अभियानको क्रममा १६ आतंककारी मारिएको सुरक्षा स्रोतहरूले बताएका छन् ।

सुरक्षा स्रोतहरूले बुधवार बिहान बताएअनुसार सैन्य अभियानले आतंककारीहरूलाई साना समूहमा विभाजित गरेको थियो ।

सुरक्षा बल र आक्रमणकारीहरू बीच गोली हानाहान जारी थियो । स्रोतहरूका अनुसार सुरक्षा बलले आतंककारीहरूबाट १०४ बन्धकहरूलाई सफलतापूर्वक मुक्त गरेको छ ।

जसमा ५८ पुरुष, ३१ महिला र १५ बालबालिका छन् । १७ घाइते यात्रुहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । बाँकी यात्रुहरूको सुरक्षित रिहाइ सुनिश्चित गर्न प्रयास जारी रहेको छ ।

प्रतिवन्धित आतंकवादी संगठन बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ ।

प्रकाशित मिति २०८१ फागुन २८ गते बुधबार ०२:१३

हजुरको प्रतिक्रिया