२०८३ असोज २५ गते आइतबार

पदम सुन्दासलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘

पदम सुन्दासलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ३० गते शुक्रबार ०५:०६

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार' सामाजिक अभियन्ता पदम सुन्दासलाई प्रदान गर्ने निर्णय भएको छ । शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न पुरस्कार छनौट...

काठमाडौं ।

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ सामाजिक अभियन्ता पदम सुन्दासलाई प्रदान गर्ने निर्णय भएको छ ।

शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न पुरस्कार छनौट समितिले उनलाई उक्त पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

भोजपुरमा जन्मिएका सुन्दासले बहराइनका लागि नेपालको राजदूतका रूपमा २०७४ देखि ७८ सम्म ४ वर्ष कार्य गरेका थिए । सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दासले २०६८ सालमा प्रधानमन्त्री कार्यालय अन्तर्गत राष्ट्रियस्तरको सल्लाहकार समितिको सदस्य (जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवद्र्धन संयन्त्र) को रूपमा समेत भूमिका निर्वाह गरिसकेका छन् । सामाजिक न्यायका लागि क्रियाशील एक दर्जन बढी संस्थामा आवद्ध सुन्दासले २०२१ सालमा भोजपुर सिद्धकाली मन्दिर प्रवेश अभियानको नेतृत्व गरेका थिए ।

पुरस्कारको राशि १ लाख १० हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति २०८१ फागुन ३० गते शुक्रबार ०५:०६
हजुरको प्रतिक्रिया