२०८३ साउन २१ गते बिहीबार

अमेरिकाले दक्षिण अफ्रिकी राजदूतलाई देश निकाला गर्‍यो

अमेरिकाले दक्षिण अफ्रिकी राजदूतलाई देश निकाला गर्‍यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १ गते शनिबार ०६:०७

ट्रम्पले दक्षिण अफ्रिकी किसानहरूलाई आफ्नो देशमा बसोबास गर्न स्वागत छ भनेपछि दुई देशबीच झन् तनाव बढेको थियो ।

काठमाडौं ।

अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई देश निकाला गरेको छ ।

दक्षिण अफ्रिकी राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

राजदूतलाई देश निकाला गर्ने घोषणा गर्दै अमेरिकी विदेशमन्त्री रुबियोले दक्षिण अफ्रिकाका राजदूतलाई अब अमेरिकामा स्वागत नगर्ने सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

इब्राहिम रसूल अमेरिकालाई घृणा गर्ने एक जातिगत राजनीतिज्ञ रहेका उनले उल्लेख गरेका छन् ।

दक्षिण अफ्रिकासँगको बढ्दो तनावका बीच अमेरिका राजदूतलाई देश निकाला गर्ने निर्णयसम्म पुगको बीबीसीको खबरमा उल्लेख छ । यसअघि फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइने अमेरिकी सहयोग रोक्का गरेका थिए र त्यहाँको कानूनलाई हवाला दिँदै श्वेत किसानहरूको जमिन जफत गर्न सकिने बताएका थिए ।

गएको हप्ता ट्रम्पले दक्षिण अफ्रिकी किसानहरूलाई आफ्नो देशमा बसोबास गर्न स्वागत छ भनेपछि दुई देशबीच झन् तनाव बढेको थियो ।

यसैबीच दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले आफ्ना राजदूतलाई देश निकाला गर्ने अमेरिकी निर्णय खेदजनक भएको बताएको छ ।

प्रकाशित मिति २०८१ चैत १ गते शनिबार ०६:०७

हजुरको प्रतिक्रिया