२०८३ असोज २६ गते सोमबार

पूर्वविशिष्टलाई आजीवन सुविधा दिने तयारीप्रति नेकपा(माओवादी केन्द्र)को विरोध

पूर्वविशिष्टलाई आजीवन सुविधा दिने तयारीप्रति नेकपा(माओवादी केन्द्र)को विरोध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २ गते आइतबार १२:३६

काठमाडौं । पूर्वविशिष्ट पदाधिकारीहरुलाई कानून बनाएर आजीवन सुविधा दिने सरकारी तयारीको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले विरोध जनाएको छ । आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र...

काठमाडौं ।

पूर्वविशिष्ट पदाधिकारीहरुलाई कानून बनाएर आजीवन सुविधा दिने सरकारी तयारीको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले विरोध जनाएको छ ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले विरोध जनाएका हुन् । ‘ग्रे लिष्ट’मा मुलुक परेको बेलामा जनताको भरोसाको केन्द्र बन्नुको सट्टा सरकार विवेक गुमाउँदै गएको महसुश भएको उनको भनाइ छ । उनले जेलभित्र रहेका २९ हजार पाँच सय कैदीबन्दीमध्ये १८ हजार पाँच सय बिरामी भएको भन्दै गृह मन्त्रालयसँग जवाफ समेत माग गरे । उनले सरकार जनताका समस्या समाधान गर्नुभन्दा मुलुकलाई थप आर्थिक संकटतर्फ धकेलिरहेको बताएका छन् ।

उनले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिने व्यवस्था नगर्न समेत सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति २०८१ चैत २ गते आइतबार १२:३६
हजुरको प्रतिक्रिया