२०८३ कात्तिक ११ गते मंगलबार

होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहारबाट एक युवकको मृत्यु

होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहारबाट एक युवकको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २ गते आइतबार १२:५०

धनुषा । होली खेल्ने क्रममा शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा भएको विवादमा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक १९ वर्षीय आँशु यादव रहेका छन् । प्रहरीका अनुसार...

धनुषा ।

होली खेल्ने क्रममा शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा भएको विवादमा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक १९ वर्षीय आँशु यादव रहेका छन् । प्रहरीका अनुसार छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम-२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ । धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो । सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भयो । धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रवार होली मनाइएको भएपनि जनकपुरधाममा भने शनिवार होली मनाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणकुमार सिंहले जानकारी दिएका छन् ।

प्रकाशित मिति २०८१ चैत २ गते आइतबार १२:५०
हजुरको प्रतिक्रिया