२०८३ साउन २१ गते बिहीबार

युक्रेनको कब्जामा रहेका सात नेपाली छुटाइदिन परराष्ट्रमन्त्रीको आग्रह

युक्रेनको कब्जामा रहेका सात नेपाली छुटाइदिन परराष्ट्रमन्त्रीको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ५ गते बुधबार १०:५६

नेपालले युक्रेन एउटा महत्वपूर्ण देश भएको र दौंत्य सम्बन्ध बढाउँ भन्ने मनशायले अघि बढिरहेको पनि उल्लेख गरिन् ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युक्रेनको कब्जामा रहेका ७ जना नेपालीलाई छुटाइदिन आफूले युक्रेनका समकक्षीसँग आग्रह गरेको बताएकी छन् ।

भारतको नयाँ दिल्लीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री राणाले रुसको पक्षबाट युद्ध गर्न जाँदा पक्राउ गरी युक्रेनले बन्धक बनाएका ७ नेपालीलाई छुटाउन आग्रह गरेको बताएकी हुन् । उनले कुटनीतिक तवरबाट राजदुतलाई पत्र लेखेर नेपालीहरु छुटाउन आग्रह गर्ने र युक्रेनका विदेशमन्त्रीले पनि आफूले नेपाली छुटाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको बताइन् ।

उनले युक्रेनको परराष्ट्रमन्त्रीले नेपालले रुस–युक्रेन युद्धको विषयमा युरोपेली संघले राखेको प्रस्तावमा संयुक्त राष्ट्रसंघमा युक्रेनको पक्षमा मत दिएको प्रति आभार व्यक्त गरिएको पनि जानकारी गराइन् । नेपालले युक्रेन एउटा महत्वपूर्ण देश भएको र दौंत्य सम्बन्ध बढाउँ भन्ने मनशायले अघि बढिरहेको पनि उल्लेख गरिन् । उनले युक्रेनसँग अफिसियल र डिप्लोमेटिक भिसाहरु फ्रिमा गर्ने विषयमा पनि एमओयु भएको जानकारी दिइन् ।

प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार १०:५६
हजुरको प्रतिक्रिया